images
images

निर्वाचन आयोगको नजरमा दोलखा अति संवेदनशील, दर्जन बढी मतदान केन्द्रमा विशेष सुरक्षा

  • ३ मंसिर २०७९, शनिबार २१:३९

जिरी (दोलखा) । निर्वाचन आयोगले दोलखा जिल्लालाई सुरक्षा संवेदनशीलताको हिसावले पहिलो नम्बरमा राखेको छ ।

विगतको जसरी घट्ना घट्न नदिनका लागि आयोगले दोलखालाई विशेष निगरानीमा राखेको हो । निर्वाचन आयोगले यसअघिका निर्वाचनहरुमा बुथ कब्जा हुँदै आएको मतदान केन्द्रहरुलाई विशेष निगरानीमा राखेको जनाएको छ । निर्वाचन आयोगले संवेनदशील सूचिमा राखेका मतदान केन्द्रहरुमा दोलखा प्रदेशसभा १ र प्रदेशसभा २ गरी दुवै निर्वाचन क्षेत्रमा रहेका छन् । निर्वाचन आयोगले आसन्न निर्वाचनमा दोलखाको अति संवेदनशीलमा परेका मतदान केन्द्रलाई ‘क’ श्रेणीको सुरक्षा निगरानीमा राखेको छ । गत स्थानीय तह निर्वाचनमा भएको झडपमा परी एक दर्जन बढी मानिस घाइते हुन पुगेको बैतेश्वर गाउँपालिकालाई आयोगले महत्वमा राखेकोे छ । आयोग श्रोतका अनुसार गैरीमुदीका २ वटा मतदान केन्द्र र वडा नम्बर ३ मिर्गेलाई विशेष निगरानीमा राखिएको छ ।

वडा नम्बर १ गैरीमुदीका मतदाताको सधै एकलौटी एउटा दललाई भोट जाने गरेको छ भने मिर्गेका मतदातालाई मतदानस्थलमा जानै मुस्किल हुने गरेको छ । स्थानीय तहको निर्वाचनमा मिर्गेमा भएको झडप र कुटपिटको भिडियो सामाजिक सञ्जालमा समेत भाईरल भएको थियो । त्यसैले पनि यो पटकको निर्वाचनमा आयोगकै मुख्य निगरानीमा बैतेश्वर परेको छ । गैरीमुदीका मतदाताले २०४८ सालयता शान्ति पूर्णरुपमा मतदान गर्न नपाएको गुनासो गर्दै आएका छन् । वैतेस्वरसँग सिमाना जोडिएको जिरी नगरपालिकाको ठूलोपातलाई पनि आयोगले निगरानीमा राखेको छ ।

विगतको जसरी घट्ना घट्न नदिनका लागि आयोगले दोलखालाई विशेष निगरानीमा राखेको हो । निर्वाचन आयोगले यसअघिका निर्वाचनहरुमा बुथ कब्जा हुँदै आएको मतदान केन्द्रहरुलाई विशेष निगरानीमा राखेको जनाएको छ । निर्वाचन आयोगले संवेनदशील सूचिमा राखेका मतदान केन्द्रहरुमा दोलखा प्रदेशसभा १ र प्रदेशसभा २ गरी दुवै निर्वाचन क्षेत्रमा रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने गौरीशंकर, तामाकोशी र मेलुङ गाउँपालिका तथा क्षेत्र नम्बर २ मा रहेको शैलुङ र विगुको केही मतदान केन्द्रलाई पनि आयोगले निगरानीमा राखेको छ । तामाकोशी गाउँपालिकाको जफे, मालु, झुले र शहरे तथा गौरीशंकर गाउँपालिकाको जुगु, झ्ँयाकु र मार्बुलाई पनि निगरानीमा राखिएको छ ।विगतको जस्तो घटना घटेमा वा बुथ कब्जा भएमा पुनः मतदान गराउने आयोगको तयारी छ ।

आज मात्रै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी लगायतका टोलीले दोलखाको अवलोकन गरेका छन् । निर्वाचनको एक दिन अघि आयोगका आयुक्त भण्डारी, आयोगका सचिव गोकर्णमणि दुवाडी, गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरिक्षक (आईजीपी) धिरप्रताव सिंह र सशस्त्र प्रहरी बलका (आईजीपी) राजु अर्याल लगायत आज विहान हेलिकोप्टर मार्फत अवलोकन तथा निरिक्षणका लागि जिल्ला आएका थिए । सो क्रममा उनीहरुले मतदान केन्द्र र शान्ति सुरक्षाको अवस्था बारे जानकारी लिएका छन् भने केही मतदान केन्द्रको अवलोकन पनि गरेका छन् ।

दोलखामा भोली हुने मतदानका लागि मतदानस्थलमा सुरक्षाकर्मी खटिईसकेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीगरी २ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले मात्रै एक हजार ८५ म्यादी प्रहरी र ६ सय बढी नेपाल प्रहरी परिचालन गरेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । अति संवेदनशील तथा जोखिमयुक्त पहिचान भएको क्षेत्रमा विशेष टोली खटिएको छ । केन्द्रिय सुरक्षा समितिले जिल्लामा ९४ वटा मतदानस्थल मध्ये ४१ वटा अति संवेदनशील, ३७ वटा संवेदनशील र १६ वटा सामान्य मतदानस्थलको रुपमा राखेको छ ।