
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने–सामने हुँदैछन् । त्यसैले आजको खेललार्ई निकै महत्वका साथ हेरिएको छ । गत बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारतीय टोली विश्वकपको फाइनलमा पुगेको थियो ।
यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्टे«लियाले भारतसँगको भिडन्त पक्का गरेको हो ।