काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालमा ४ खर्बभन्दा बढी रेमिटयान्स भित्रिएको छ ।
साउन, भदौ र असोज महिनामा ४ अर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिटयान्स भित्रिएको हो । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ दशमलव ५ प्रतिशतले बढी हो । गत असोज मसान्तसम्म रेमिटयान्स आप्रवाह २५ दशमलव ८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैकले जनाएको छ ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो । यस्तै, विदेशी मुद्रा सञ्चित २२ खर्ब नाघेको छ । विदेशी विनिमय सञ्चित २२ अर्ब ३२ करोड नाघेको हो ।
यो गत असार महिनाको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । यो गत असार महिनाको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । अमेरिकी डलरमा यस्तो सञ्चित २०८१ साल असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा असोज मसान्तमा ८ दशमलव ७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चित मध्ये नेपाल राष्ट्र बैंकमा सञ्चित २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७ दशमलव ५ प्रतिशतले वृद्धि भई १९ खर्ब पुगेको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितमा भारतीय मुद्राको अंश २१ दशमलव रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब ट । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनियम सञ्चित २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ ।