काठमाडौँ । नेपालबाट तीन महिनाको अवधिमा विदेश अध्ययन र भ्रमणमा मात्रै करिव ८८ अर्व बाहिरिएको छ ।
विदेश भ्रमणमा जाने नेपाली र विद्यार्थीहरु मार्फत ८७ अर्व ९६ करोड रकम बाहिरिएको हो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विदेश भ्रमणबापत ५५ अर्ब ७८ करोड खर्च भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा विदेश अध्ययन गर्न जाने विद्यार्थी मार्फत ३२ अर्ब १८ करोड बाहिरिएको छ ।
राष्ट्र वैंकका अनुसार सेवा खाता अन्र्तगत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भएको छ । तीन महिनाको तथ्यांक हेर्दा सेवा आय २३ अर्ब २९ करोड घाटामा रहेको हो ।
नेपालमा सोही अवधिमा पर्यटक आगमन बढ्दा भ्रमण आम्दानी पनि ३.५ प्रतिशतले वृद्धि भएको छ । भ्रमण आम्दानी १७ अर्ब ७२ करोड पुुगेको राष्ट्र वैंकले जनाएको छ । राष्ट्र वैंकका अनुसार गत वर्ष यस्तो आम्दानी १७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।