काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्व मन्त्री लिला बल्लभ अधिकारी अझै ५ दिन हिरासतमा रहने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई आज थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि लिएको म्याद सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई आज अदालतमा पेश गरेको थियो । जापान भ्रमण विवादित बनेपछि पूर्व मन्त्री अधिकारीलाई मानव तस्करीको आरोपमा अनुसन्धानका लागि भन्दै विराटनगरबाट पक्राउ गरिएको थियो ।
उनी नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य तथा तत्कालिन आन्तरिक मामिला मन्त्री हुन् ।