images
images

गरगहना लुटपाटमा संलग्न रामेछापका एक सहित १० जना गिरोह प्रहरी नियन्त्रणमा

  • ४ पुष २०७९, सोमबार ०८:०८

काठमाडौं । काठमाडौंमा गरगहना लुटपाटमा संलग्न रामेछापका एक सहित १० जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत कात्र्तिक २८ गते काठमाडौंको बसुन्धरास्थित मधुरविक्रम खनालको घरमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । रामेछापका २४ वर्षिय सुवर्ण मगर, जुम्लाका विशाल शाही, कालिकोटका तिलकबहादुर शाही, धनबहादुर साही, पर्वराम सिंह, गंगाबहादुर शाही, नेत्रबहादुर शाही, पञ्चबहादुर सिंह, सुर्खेतका दिपिका मल्ल शाही र कविता बुढालाई पक्राउ गरी जेल चलान गरिएको प्रहरीले जनाएको छ । मधुरविक्रम खनालकी श्रीमती नन्दा मल्ल र कामदारलाई धारिलो हतियार प्रयोग गरी लुटपाट गरेको अभियोगमा पक्राउ परेका १० जनालाई केन्द्रिय कारगार चलान गरिएको काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।