images
images

को हुन् लियोनल मेस्सी ? कसरी बने दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडी

  • ४ पुष २०७९, सोमबार ०९:०५

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भयो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि उचालेको हो । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खायोे । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक/एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो । अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई पराजित गर्दै विश्वकपको उपाधि आफ्नो कब्जामा पारेको थियो ।

विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले अर्को कीर्तिमान कायम गरेका छन् । मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनी दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए । त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । लियोनल मेस्सी फिफा विश्वकप २०२२ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

को हुन् मेस्सी ?

मेस्सी को जन्म सन १९८७ जुन २४ मा अर्जेन्टिनाको एक सहर रोसारियोमा भएको हो । उनको बुवाको नाम जोर्ज मेस्सी र आमाको नाम सेलिया मारिया हो । उनको बुवा जोर्ज मेस्सी एक कारखानामा काम गर्थे र आमा सेलिया मारिया हाउस सर्भिसको काम गर्थिन । मेस्सी बाहेक उनका दुई दाजु मेटियस र रोडारियो मेस्सी अनि एक बहिनी मारिया सोल रहेका छन् ।

मध्यमबर्गिय परिवारका मेस्सी बाल्यकालदेखिनै फूटबल खेल्न रुचाउथे । उनलाई हजुरआमाले ४ बर्षको उमेरमा पहिलो पटक एक लोकल फूटबल क्लबमा भर्ना गराएकी थिइन । सोहि क्लबमा मेस्सी ४ बर्ष बसिसकेपछी ८ बर्षको उमेरमा आफ्नो सहर रोसारियाको एक क्लब निवेल्स ओल्ड बोइज बाट खेल्न थाले । त्यसबेलासम्म मेस्सी बिना थकित दिन रात अभ्यास गर्थे । फूटबल नै उनको लागि प्रेरणा बनी सकेको थियो । जब मेस्सी १० बर्षका भए उनको हजुरआमाको निधन भयो । आज पनि मेस्सी जब गोल गर्छन तब आफ्नो दुबै हात माथी उठायर आफ्नो हजुरआमामालाई सम्झन्छन् । उनले आफ्नो खेलको स्तरमा कहिलै कमि हुन दिएनन् । उनले २००३ मा १६ वर्षको उमेरमा पहिलो पटक बार्सिलोनाको लागि खेल्ने मौका पाए ।

मेस्सीले आफ्नो पहिलो खेलमा कोच लगाएत दर्शकहरुलाई पनि प्रभावित पार्दै बार्सिलोनाको लागी आफ्नो पहिलो गोल गरे । १६ अगस्ट २००५ मा १८ सालको उमेरमा हङेरीको बिरोधमा उनले आफ्नो पहिलो अन्तराष्ट्रिय खेल खेले पछि उनले कहिल्यै पछाडी फर्केर हेर्नू परेन । सन २०१७ जुन ३० मा उनले आफ्नो बल्यकाल्को साथी एनटोनिला रोकुजा सँग् बिबाह गरे । मेस्सी र रोकुजाले म्याटियो, कायरो र थिगो मेस्सी नामक तीन छोरालाइ जन्म दिएपछी एक अर्कासङ बिबाह गरेका हुन् ।