
दोलखा । दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन् ।
विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा भिरबाट लडेर कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ३९ वर्षिय दिल बहादुर घर्ती बेपत्ता भएका हुन् । घर्ती लामाबगरबाट लप्चीतर्फ जाने बाटो खन्ने क्रममा आज बिहान बेपत्ता भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो ।
उनी लामाबगरस्थित दुगड हाइड्रो पावरमा काम गर्दै आएका थिए । बेपत्ता भएका घर्तीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।