images
images

दक्षिण कोरिया र नेपालको सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा, व्यापार तथा लगानी सम्झौता

  • ४ पुष २०८१, बिहीबार १५:४३

काठमाडौँ । नेपाल र कोरियाबीच द्धिपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन फ्रेमवर्क सम्झौता भएको छ ।

गणतन्त्र दक्षिण कोरिया र नेपालको द्धिपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुरा भएको अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा सम्झौतामा हस्ताक्षर भएको हो । द्धिपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन फ्रेमवर्क (टीआईपीएफ) सम्झौतामा नेपालका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि मन्त्री भण्डारीले सो सम्झौताले दुई देशबीचको कुटनीतिक, सांस्कृति र अािर्थक सम्बन्ध नयाँ उपचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, दक्षिण कोरियाका समकक्षी च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्धारा नेपालमा जलविद्युत, अटोमोबाईल एसेम्बललगाएतका क्षेत्रमा लगानी रहेको भन्दै सम्झौतापछि थप लगानी विस्तार हुने बताउनुभयो ।