images
images

निर्वाचनको विषयमा छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

  • ६ माघ २०७८, बिहीबार ०२:४७

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले तोकेता गरेपछि सत्ता गठबन्धनका शिर्ष नेताहरुले छलफललाई तिव्रता दिएका छन् ।
निर्वाचन आयोगको ताकेतापछि सत्ता गठबन्धनका नेताहरुले निर्वाचनको मिति तोक्ने विषयमा छलफललाई तिव्रता दिएका हुन् । सो विषयमा छलफल गर्न आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्येनजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलबार बसेको बैठकले कुनै निश्कर्ष दिन नसकेपछि आज पुनः बैठक बस्ने भएको हो ।