images
images

कर्मचारीमा कोरोना संक्रमणपछि तामाकोशी गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

  • ६ माघ २०७८, बिहीबार ०३:२९

जिरी (दोलखा) । दोलखाको तामाकोशी गाउँपालिकाका ५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

पछिल्लो समय बढ्दो कोरोना माहामारीमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा समेत कोरोना पुष्टि भएपछि पालिकाबाट दिइने अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले सुचना जारी गर्दै आजदेखि माघ १२ गतेसम्म पालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द भएको जानकारी गराउनुभएकोे हो । पछिल्लो समय देशभरझै कोभिड १९ को माहामारी जिल्लामा पनि बढिरहेको बेला तामाकोशी गाउँपालिकामा पनि संक्रमण दर तिव्र रुपमा बढ्दै जाँदा भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाबाट प्रवाह हुने अत्वाश्यक बाहेकका सेवाहरु आजदेखि बन्द गरिएको सुचनामा उल्लेख छ । पालिकामा कार्यरत कर्मचारीमा ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि उनीहरुको एन्टिजेन परिक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संंयोजक अरुण मिश्रले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको लेखा अधिकृत, रोजगार संयोजक, पञ्जिकरण शाखा र शव इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय बढ्दो कोरोना माहामारीमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा समेत कोरोना पुष्टि भएपछि पालिकाबाट दिइने अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको हो ।संक्रमण देखिएका ५ जना कर्मचारी पालिकाकै आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक मिश्रले बताउनुभयो ।

संक्रमण देखिएका ५ जना कर्मचारी पालिकाकै आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक मिश्रले बताउनुभयो ।पालिकामा कार्यरत अन्य कर्मचारीमा पनि ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि उनीहरुको पनि एन्टिजेन परिक्षण गर्ने तयारी भइरहेको छ । तामाकोशी गाउँपालिकामा हाल २१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो पटक गाउँपालिकामा २२ जना कोरोना पुष्टि भएकोमा १ जना संक्रमित निको भएसँगै अहिले २१ जना सक्रिय संक्रमित रहेको तामाकोशी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो पटक जफेमा धेरै कोरोना संक्रमित फेला परेका छन् । जफेमा मात्रै हाल १६ जना कोरोना संक्रमित रहेका छन् ।