images
images

दोलखामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

  • ६ माघ २०७८, बिहीबार ०७:१५

दोलखा । दोलखामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ३४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ११ पुगेको हो । पालिकाहरुमा आज ५१ जनाको एन्टिजेन परिक्षण गर्दा३४ जनाको रिर्पोट पोजेटिभ आएको छ । आज तामाकोशी गाउँपालिकाका १२ जना, भीमेश्वर नगरपालिकाका १० जना, जिरी नगरपालिकाका ५ जना, गौरीशंकरका ४ जना तथा कालिचोक र शैलुङ गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो । दोलखामा पछिल्लो समय कोरोना संक्रमणदर तिव्र गतिमा बढीरहेको छ । जिल्लामा १९ दिनको अवधिमा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको हो ।

जिल्लामा १९ दिनको अवधिमै सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको हो । भीडभाडका गतिविधि बढेसँगै कोरोना संक्रमण हुनेदर बढ्दो छ । मंसिरदेखि कोरोना संक्रमणदर न्युन भएको दोलखामा पछिल्लो पटक पुस १८ गते संक्रमित फेला परेका थिए । त्यसपछिको १९ दिनको अवधिमै संक्रमितको संख्या ह्वात्तै बढेको हो ।