images
images

एकैपटक पाँच कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

  • ६ माघ २०७८, बिहीबार ०९:५३

काठमाडौं । एकैपटक पाँच कम्पनीको आईपीओ आउने भएको छ । करिब ५ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

सेबोनको आज बसेको बैठकले एकैपटक ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने निर्णय गरेको हो । जसअनुसार राष्ट्रिय उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, बलेफी हाइड्रोपावर र ग्रिन भेन्चर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएका छन् । सेबोनको अनुमतिसँगै अब राष्ट्रिय उत्थानले ८ लाख ५० हजार कित्ता, नेष्डोले ८ लाख २८ हजार ७ सय ५० कित्ता, जाल्पाले ५ लाख २२ हजार कित्ता, बलेफीले ३६ लाख ५५ हजार ९ सय ४० कित्ता र ग्रिन भेन्चर्सले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यस्तै सेवोन सञ्चालन समितिको बैठकले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिने निर्णय पनि गरेको छ ।