काठमाडौं । नेपालमा आज एकैदिन १२ हजार ३३८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पिसिआर विधिवाट गरिएको परिक्षणवाट १० हजार ५२ तथा एन्टिजेन विधिवाट गरिएको परिक्षणवाट २२ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । कूल २७ हजार ४८७ जनाको कोरोना परिक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण देखिएको हो । यो संख्या कोरोनाको तेश्रो लहर अन्तर्गत एकैदिन देखिएको सवैभन्दा ठूलो संक्रमितको संख्या हो ।