images
images

इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय

  • ६ माघ २०७९, शुक्रबार ११:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ ।

आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ ।निर्वाचित हुने निश्चित भएपछि उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनजाती समुदायकी रानामगरलाई उम्मेदवार बनाउने भएको हो । संघीय संसद सचिवालयले आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उपसभामुखको मनोनयन गर्ने कार्यक्रम सावर्जनिक गरेको छ ।