images
images

सिन्धुपाल्चोक सहित ९७ जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

  • ६ माघ २०७९, शुक्रबार ११:४४

सिन्धुपाल्चोक । सशस्त्र प्रहरी बल नेपालका सिन्धुपाल्चोकका एक सहित ९७ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले सुचना जारी गर्दै ९७ जना प्रहरी उपरीक्षकको सरुवा भएको जानकारी गराएको हो । जसअनुसार सशस्त्र प्रहरी नेपाल नम्बर १६ गण हेटक्वाटर सिन्धुपाल्चोक प्रहरी उपरीक्षक महेश अधिकारीको सशस्त्र प्रहरी बल मानव स्रोत विभागमा सरुवा भएको छ । यस्तै सशस्त्र प्रहरी नेपाल नम्बर १५ गण हेटक्वाटर काभ्रेपलाञ्चोकका सुरेन्द्र बुढाथोकीको सीमा सुरक्षा विभागमा सुरुवा भएको मुख्यालय सचिवालयले जनाएको छ । संगठनमै पहिलो पटक पुर्ण पुर्वानुमान सुचीमा आधारित सरुवा गरिएको प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिनुभयो । एक पटक पनि कमाण्डको जिम्मेवारी नपाएका एसपीले कमाण्डको जिम्मेवारीमा प्राथमिकता पाएका छन् ।