images
images

एकपछि अर्को हिउँ चितुवा क्यामेरामा कैद भएपछि गौरीशंकर संरक्षण क्षेत्रमा उत्साह

दोलखा । एकपछि अर्को दुर्लभ बन्यजन्तु भेटिएपछि गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) का संरक्षणकर्मीमा नयाँ उत्साह थपिएको छ ।

जिक्यापमा पहिलो पटक हिउँ चितुवा फेला परेको करिव ३३ महिनापछि पुनः तीन वटा हिउँ चितुवाको तस्बिर क्यामेरामा कैद भएसँगै संरक्षणकर्मीमा नयाँ उत्साह थपिएको हो । दुर्लभ बन्यवन्तुको तस्विर क्यामेरामा कैद गर्न जिक्यापले २०७९ साल मंसिर मसान्तमा संरक्षण क्षेत्रभित्र दुई सय भन्दा बढी क्यामेरा जडान गरेको थियो । ती क्यामेरा मध्ये जिक्यापले जाँच गरेका केही क्यामेरामा तीन वटा हिउँ चितुवाको तस्विर कैद भएको छ । नोभेम्वर २९ अर्थात् यही पुसको ४ गते विगु गाउँपालिका वडा नम्वर १ लप्ची उपत्यकामा रहेको लप्ची गुम्वा नजिकै रहेको देउरालीमा एउटा वयस्क र बच्चा हिउँ चितुवाको तस्विर कैद भएको थियो । त्यसको एक महिना अघि कात्तिक २९ मा रोल्वालिङ उपत्यकाको जंगलमा एउटा वयस्क हिउँ चितुवाको तस्विर पनि क्यामेरामा कैद भएको छ ।

करिव ३३ महिनापछि पुनः तीन वटा हिउँ चितुवाको तस्बिर क्यामेरामा कैद भएसँगै संरक्षणकर्मीमा नयाँ उत्साह थपिएको हो ।जिक्यापले जाँच गरेका केही क्यामेरामा तीन वटा हिउँ चितुवाको तस्विर कैद भएको छ ।हिउँ चितुवा जङ्गलमा राखिएको क्यामेरामा कैद हुनु नयाँ घटना भएको गौरींशकर संरक्षण क्षेत्र आयोजना जिक्यापका सुचना अधिकारी तुलसी दाहालले जानकारी दिनुभयो । 

जिक्याप क्षेत्रको जङ्गलमा राखिएका क्यामेरामा वयस्क हिउँ चितुवाको तस्बिर कैद भएको यो पहिलो पटक हो । पहरामा र हिउँ जमेको ठाउँमा देखिने हिउँ चितुवा अहिले जङ्गलमै देखिएको छ । हिउँ चितुवा जङ्गलमा राखिएको क्यामेरामा कैद हुनु नयाँ घटना भएको गौरींशकर संरक्षण क्षेत्र आयोजना जिक्यापका सुचना अधिकारी तुलसी दाहालले जानकारी दिनुभयो । यद्धपि, लप्चिको देउरालीमा फेला परेको हिउँ चितुवा र रोल्वालिङको जङ्गलमा फेला परेको हिउँ चितुवा एउटै हो ? वा फरक भन्ने यकिन हुन सकेको छैन ।
यसअघि जिक्यापले २०७५ साल असोजदेखि २०७६ बैशाखसम्म साविक लामावगर गाविस १ लप्ची उपत्यकामा गरेको क्यामेरा ट्यापिङवाट दोलखामा पहिलो पटक हिउँ चितुवा (अन्सिया अन्सिया) को तस्विर कैद गरेको थियो । त्यसको करिव तीन वर्षपछि लप्ची उपत्यकाकै देउरालीमा एउटा वयस्क र बच्चा हिउँ चितुवाको तस्विर कैद भएको हो । पहिलो पटक हिउँ चितुवा फेला परेको स्थानबाट करिव १० किलोमिटर पर यो पटक दुई वटा हिउँ चितुवाको तस्विर कैद भएको हो ।

जिक्यापमा पहिलो पटक तत्कालीन आयोजना प्रमुख सत्यनारायण साहले तयार पारेको कार्य योजना अनुसार रोल्वालिङ र लप्चि क्षेत्रमा हिउँ चितुवा लगायतका दुलर्भ बन्यजन्तुको खोजीकालागि क्यामेरा राखिएको थियो । आयोजनाका तत्कालिन संरक्षण अधिकृत बिष्णुप्रसाद पाण्डे तथा पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरिङ कलेज, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा.नारायण प्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाका प्राकृतिक श्रोत संरक्षण सहायक शंकरमान थामी र स्तानकोत्तर तहमा अध्ययनरत विद्यार्थी बिजय बस्यालको समुहले लप्ची उपत्यकामा क्यामेरा ट्यापिङ गरी स्थलगत अनुसन्धान गर्दा लामावगरको लप्चि भ्यालीमा हिउँ चितुवा पहिलो पटक कैद भएको थियो ।

पहिलो पटक हिउँ चितुवा फेला परेको स्थानबाट करिव १० किलोमिटर पर यो पटक दुई वटा हिउँ चितुवाको तस्विर कैद भएको हो । संरक्षण क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या भने यकिन हुन सकेको छैन । हिउँ चितुवाको गणनाका लागि संरक्षण क्षेत्रले क्यामेरा ट्रयापिङ गरेर अध्ययन गरिरहेको छ ।

त्यसको तीन वर्षपछि संरक्षण क्षेत्रमै तीन वटा हिउँ चितुवाको तस्बिर क्यामेरामा कैद गर्न जिक्याप सफल भएको छ । यसबाहेक अन्य थप तस्बिर पनि कैद भएको हुनसक्ने भएकाले अहिले अनुसन्धान भइरहेको आयोजनाका प्रवक्ता दहालले जानकारी दिनुभयो । संरक्षण क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या भने यकिन हुन सकेको छैन । हिउँ चितुवाको गणनाका लागि संरक्षण क्षेत्रले क्यामेरा ट्रयापिङ गरेर अध्ययन गरिरहेको छ ।
संरक्षण क्षेत्रभित्र जडान गरिएका कतिपय क्यामेरा निकालेर अनुसन्धान भईरहेको र कतिपय क्यामेरा निकाल्न बाँकी रहेकाले संरक्षण क्षेत्रमा रहेका दुर्लभ बन्यजन्तुको संख्या यकिन भन्न सक्ने अवस्था नरहेको आयोजना प्रमुख डा. मधु क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संरक्षण क्षेत्रमा राखिएका क्यामेरा निकालेर अहिले अध्ययन गर्ने काम भईरहेको छ । यसका लागि कम्तिमा तीन महिना लाग्नेछ । गौरीसंकर संरक्षण क्षेत्रले दुलर्भ बन्यजन्तु सहित चमेरोको पनि अध्ययन अनुषन्धान गरिरहेको छ ।