images
images

भ्रष्टचार मुद्धामा फरार रहेका सिन्धुपाल्चोकका पुरुष १२ वर्षपछि पक्राउ

  • ६ माघ २०७९, शुक्रबार १५:२७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष भ्रष्टचार मुद्धामा फरार भएको १२ वर्षपछि पक्राउ परेका छन् ।

मेलम्ची नगरपालिका वडा नम्बर ६ का ४४ वर्षिय उद्धवराज अर्याललाई प्रहरीले भ्रष्टचार मुद्धामा फरार रहेको १२ वर्षपछि पक्राउ गरेको हो । उनलाई काठमाडौको दक्षिण ढोकाबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । विशेष अदालतले २०६७ साल मंसिर १४ गते भ्रष्टचार मुद्धामा अर्याललाई ६ महिना कैद सजायको फैसला सुनाएको थियो । त्यस लगत्तैदेखी फरार सुचीमा रहेका उनलाई नियन्त्रणमा लिएर कैद असुलका लागि आज कारागार चलान गरिएको हो ।