images
images

अन्ततः सरकारले बोलायो १८ गते हिउँदे अधिवेशन

  • ७ माघ २०८१, सोमबार १६:४४

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

विपक्षी दलले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै आलोचना गर्दै आएका थिए। आलोचनापछि मन्त्रिपरिषदले हिउँदे अधिवेशन आवह्वान गरेको हो । बैठक माघ १८ गते दिउँसो १ बजे बस्नेछ ।