images
images

भक्तपुरमा ट्रिपरको ठक्करबाट काभ्रेपलाञ्चोककी ८ वर्षीया बालिकाको मृत्यु

  • ८ फाल्गुन २०७८, आईतवार ११:१३

भक्तपुर । भक्तपुरमा ट्रिपरको ठक्करबाट काभ्रेपलाञ्चोकी ८ वर्षीय बालिकाको मृत्यु भएको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा ट्रिपरको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ की ८ वर्षीया विनिता मगरको मृत्यु भएको हो । बा ४ ख ७३५२ नम्बरको ट्रिपरको ठक्करबाट गम्भीर घाईते भएकी उनको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो । बालिकालाई ठक्कर दिने ट्रिपरको चालक भक्तपुका २७ वर्षीय राजेश कुश्मालाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाका बुबाआमा सुडालस्थित बिएम इट्टा भट्टामा काम गर्दै आएका थिए ।