काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसिसि टेबल गर्ने विषयमा लिखित असहमति जनाएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरुले असहमति पत्र पेश गरेका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा बसेको बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसिसि टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेश गरेका छन् ।