images
images

एमसीसी अन्ततः संसद बैठकमा टेबल, संसद बैठक स्थगित

  • ८ फाल्गुन २०७८, आईतवार १४:२०

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसद बैठकमा टेबल भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेको नाराबाजीका बीच एमसीसी टेबल भएको हो । अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गर्नुभएको हो ।

यसैबीच संसद बैठक स्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेर सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बिहिवार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।