images
images

नेकपा एसको जिरी र तामाकोशीमा यस्तो बन्यो कमिटी

जिरी (दोलखा) । नेकपा एकिकृत समाजवादी (एस) दोलखाले पालिका अधिवेशन गर्न सुरु गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एकिकृत समाजवादी दोलखाले धमाधम पालिका अधिवेश गर्न लागेको हो ।

हिजोदेखि पालिका अधिवेशन गर्न सुरु गरिएको र स्थानीय निर्वाचन अघि जिल्लाका सबै पालिकामा अधिवेश सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसक्ने योजना रहेको एकिकृत समाजवादी दोलखाका सचिव प्रोणप्रताप केसीले जानकारी दिनुभयो । नेकपा एसले हिजो मात्रै जिरी नगरपालिका र तामाकोशी गाउँपालिकामा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार जिरी नगरपालिकामा शैलेन्द्र खड्काको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा दोर्जी शेर्पा र मोहन खड्का, सचिवमा बसन्त जिरेल र सहसचिवमा सुनिता सुब्बा दाहाल चयन भएको एकिकृत समाजवादी जिरीका नेता मरिचबहादुर खड्काले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एकिकृत समाजवादी दोलखाले धमाधम पालिका अधिवेश गर्न लागेको छ । नेकपा एसले हिजो मात्रै जिरी नगरपालिका र तामाकोशी गाउँपालिकामा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको छ । पछिल्लो समय दोलखामा नेकपा एकिकृत समाजवादीले आफ्ना गतिविधिलाई तिव्र बनाईरहेको छ । जिरी नगरपालिका र तामाकोशी गाउँपालिकामा नेकपा एसको कार्यक्रममा उत्साहपूर्ण सहभागिता देखिएको छ ।

तामाकोशी गाउँपालिकामा झनकबहादुर खड्काको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा भिम प्रसाद फुयाल र आङरेन्जी शेर्पा, सचिवमा रमेश कार्की, सहसचिवमा राजकुमार केसी, दिव बहादुर आपागाई र रामबहादुर खड्का चयन भएका छन् । एमालेबाट फुटेर बनेको एकिकृत समाजवादीले पहिलो पटक नगर/गाउँ अधिवेशन गरेको हो ।

पछिल्लो समय दोलखामा नेकपा एकिकृत समाजवादीले आफ्ना गतिविधिलाई तिव्र बनाईरहेको छ । जिरी नगरपालिका र तामाकोशी गाउँपालिकामा नेकपा एसको कार्यक्रममा उत्साहपूर्ण सहभागिता देखिएको छ । एकिकृत समाजवादीले नगर/गाउँ कमिटी गठन गरिरहँदा विभिन्न जवस मोर्चाहरुको गठन पनि गरिरहेको छ । जिल्ला सचिव केसीका अनुसार वडा तहमा पनि वडा कमिटी गठनको काम भइरहेको छ भने अधिंकाश स्थानमा वडा कमिटी गठन भइसकेका छन् ।

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि दोलखामा राजनीतिक दलहरुको गतिविधि बढिरहेको बेला समाजवादीले पनि धमाधम वडा तहदेखि पालिकासम्म कमिटी गठन गर्न लागिपरेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु गाउँ टोल र बस्ती केन्द्रित हुन थालेका छन् । 

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि दोलखामा राजनीतिक दलहरुको गतिविधि बढिरहेको बेला समाजवादीले पनि धमाधम वडा तहदेखि पालिकासम्म कमिटी गठन गर्न लागिपरेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु गाउँ टोल र बस्ती केन्द्रित हुन थालेका छन् । भर्खरै मात्रै नेकपा माओवादी केन्द्र दोलखाले पनि जिल्लाभर दुई साता लामो संगठन सुदृढिकरणको अभियान सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।