images
images

माओवादी एमसीसीको विपक्षमा छः प्रचण्ड

  • ८ फाल्गुन २०७८, आईतवार १७:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।

संसदमा एमसीसी टेबल भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले एमसीसीको विपक्षमा उभिने पहिले नै स्पष्ट पारिसकेको बताउनुभएको हो । उहाँले विवाद र विरोधका बिच सरकारले एमसीसी टेबुल गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले एमसीसीको विरोधमा उत्रिएकालाई प्रहरीले दमन गरेको भन्दै विरोध जनाउनुभएको छ । एमसीसीको विरोधमा उत्रिएकाहरुमाथि प्रहरीले रबर गोली प्रहार गर्दा केही प्रदर्शनकारी घाईते भएका थिए । प्रचण्डले आन्दोलनमा घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।