images
images

यसरी हुँदैछ एसईई परिक्षाको प्रश्नपत्र छपाई

  • ८ फाल्गुन २०७९, सोमबार ०७:३०

काठमाडौं । यो वर्षको एसईई परिक्षाको प्रश्नपत्र छपाईको काम सुरु भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालयका परिक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठ सहितको टोली जनक शिक्षा समाग्री केन्द्रमा पुगेको थियो । त्यस लगत्तै हिजोबाट प्रश्नपत्र छपाइको काम सुरु भएको हो । नेपाली सेना सहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाईको काम भइरहेको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्र कुमार आचार्यले करिव ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छपाई सुरु गरिएको जानकारी दिनुभयो ।

सुरक्षा कमाण्ड नेपाली सेनाका सेनानीले गरिरहेका छन् भने भित्रि घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोलीपरिचालित छन् । यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाई भइरहेको छ । परिक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभागी हुनेछन् ।