images
images

रामेछापकी एक बृद्धाको शंकास्पद मृत्यु, अनुसन्धानमा खटियो प्रहरी

  • ८ फाल्गुन २०७९, सोमबार ०७:४६

रामेछाप । रामेछापकी एक बृद्धाको शंकास्पद मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालिकी ७१ वर्षिया पद्यम कुमारी खड्काको शंकास्पद मृत्यु भएको हो । उनको शव घरभित्र अँगेना नजिकै जलेको अवस्थामा फेला परेको रामेछाप प्रहरीले जनाएको छ । घरको भुइँतलामा रहेको अँगेना नजिकै सुतिरहेकी खड्का आईतबार अवेरसम्म घर बाहिर ननिस्किएपछि छिमेकीले ढोकाबाट चियाउँदा उनलाई जलेको अवस्थामा देखेका थिए । त्यसलगत्तै उनीहरुले प्रहरीलाई खवर गरेका हुन् । उनको शरीरको आधा भाग जलेको अवस्थामा शव फेला परेको रामेछापका प्रहरी नायव उपरिक्षक होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटना शंकास्पद देखिएकाले अनुसन्धान सुरु गरिएको छ । ति बृद्धा घरमा एक्दै बस्दै आएकी थिइन् । उनको घर एकान्तमा भएको र घटना शंकास्पद देखिएकाले पोष्टमार्टम पछि थप बताउन मिल्ने प्रहरीले जनाएको छ ।