images
images

बागमती प्रदेशका १४६ वटा सहकारी विरुद्ध उजुरी

  • ८ फाल्गुन २०७९, सोमबार १८:२०

हेटौंडा । बागमती प्रदेश सरकारको मातहतमा रहेका १ सय ४६ वटा सहकारी संस्था विरुद्ध उजुरी परेको छ ।

प्रदेश सरकारको मातहतका ३ हजार ३ सय ३६ वटा सहकारीमध्ये १ सय ४६ वटा सहकारी विरुद्ध उजुरी परेको हो । ती सहकारीमा बचतकर्ताले माग दावि गर्दै उजुरी दिएको बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश शहर केन्द्रित भएर सञ्चालनमा आएका सहकारीमा समस्या देखिएपछि बचतकर्ताहरु उजुरी दिन थालेका छन् । बागमती प्रदेश मातहतमा रहेका सहकारीमा सवैभन्दा बढी समस्या देखिएको छ ।

दुई वा दुई भन्दा बढी पालिका कार्यक्षेत्र भएका वा पाँच करोड बढी पुँजी भएका सहकारी प्रदेश सरकार अन्र्तगत पर्दछन् । अर्थात् प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले हेर्न गरेको छ । हालै बागमती प्रदेश मातहतको सन्ध्या बहुदेश्यीय सहकारीका एक सय जना बढी बचतकर्ताले ५ करोड रुपैँँयाको माग दावि गर्दै उजुरी दिएका छन् ।