images
images

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

  • ८ फाल्गुन २०७९, सोमबार १८:५५

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो ।यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग प्रचण्डले राष्ट्रपतिबारे पार्टीको पदाधिकारी बैठकबाट निर्णय गर्ने बताउनुभएको थियो ।

तर बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अधिकार प्रचण्डलाई दिएको छ । यस्तै बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।