images
images

त्रिशुलेको भिरबाट खिम्ती–२ को ड्याम साईडमा खस्दा जिरीका युवकको मृत्यु

  • ८ फाल्गुन २०८०, मंगलवार १९:०७

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ८ स्थित त्रिशुलेको भिरबाट लडेर स्थानीय डिङ्गे भनिने थलबहादुर सुनुवारको मृत्यु भएको हो । २९ वर्षीय सुनुवारको आज बेलुकी करिब साँढे ४ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष कृष्ण कुमार खत्रीले जानकारी दिनुभयो । त्रिशुलेका भीरबाट लडेका उनी खिम्ती–२ आयोजनाको ड्याम साइटमा पुगेका थिए । आयोजनाको ड्याम साइड र त्रिशुले गाउँ नजिकै रहेको छ ।

इलाका प्रहरी कार्यालय जिरीका प्रमुख, प्रहरी निरिक्षक शरण महर्जनले मृतकको शवलाई पोस्टमार्टमका लागि जिरी अस्पताल पठाएको जानकारी दिनुभयो ।