काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश समितिमा दोलखाका प्रभुराम श्रेष्ठसहित १६ जना मनोनित भएका छन् ।
बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले दोलखाका श्रेष्ठसहित १६ जनालाई प्रदेश समितिमा मनोनित गर्नुभएको हो । जसअनुसार सिन्धुपाल्चोकमा निमा लामा, भक्तपुरका कृष्णलाल कँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, नुवाकोटकी कल्पना नेपाली, धादिङका तिलक रुवाली र चितवनका कैलाश कोइरालाई प्रदेश समितिमा मनोनित गरिएको छ ।
यस्तै काठमाडौंका छिरिङ दोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी, भगवतीकुमारी खड्का, नुवाकोटका अर्जुन न्यौपाने, ललितपुरका रमेशकुमार बखती र राजेश महर्जन प्रदेश समितिमा मनोनित भएका बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिनुभयो ।