images
images

चैत १२ गतेसम्म स्ववियु निर्वाचन गरिसक्न त्रिविको निर्देशन

  • ६ चैत्र २०७९, सोमबार ०७:४१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत १२ गतेसम्म स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसमा निर्वाचन गरिसक्न निर्देशन दिएको छ ।

त्रिविले विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन नभएका क्याम्पसमा यही चैत १२ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको हो । त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले स्ववियु चयन गर्न सफल क्याम्पस लगायत पदाधिकारी, प्राध्यापक, विद्यार्थीलाई धन्यवाद दिँदै चैत १२ गतेदेखि विद्यालयका परिक्षा सञ्चालन गर्ने कार्यतालिका रहेकाले त्यसअघि नै स्ववियु गठन गर्न आग्रह गर्नुभएको छ ।

देशभरका केही ठुला क्याम्पसमा हिजो स्ववियु निर्वाचन भएको थिएन । निर्वाचन निर्देशिकामा भने आगामी वैशाख ५ गतेसम्म स्ववियु निर्वाचन गराउन सकिने व्यवस्था उल्लेख गरिएको छ ।