images
images

बाघको आक्रमणबाट दुई जनाको मृत्यु

  • ६ चैत्र २०७९, सोमबार १६:५९

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका ५ का स्थानीय ५५ वर्षिय समुद्री बुढा क्षेत्री र ५० वर्षिया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो । आज दिउँसो स्थानीय चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरी मारेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थलमा पुगेको पनि बिडारीले जानकारी दिनुभयो। मधुवनमा ३ वर्षयता बाघ आक्रमणको घटनामा परी मानवीय क्षति भइरहेको छ ।