
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट प्रहरीले ठुलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गएराति गाडी चेकजाँचको क्रममा ठुलो परिमाणको भेप बरामद गरेको हो । चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट ७ सय ४० पिस भेप बरामद गरेको प्रहरीले जनाएको छ । सो भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने भएको छ ।