images
images

सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर किशोरीको मृत्यु

  • ७ चैत्र २०८१, बिहीबार १२:५०

सिन्धुली । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

तीनपाटन गाउँपालिका–१ छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो । चौहान हिजो स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते भएकी चौहानलाई बेलघारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि उनलाई थप उपचारका लागी जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो ।

उनको उपचारका क्रममा हिजो बेलुका नै मृत्यु भएको प्रहरीले जनाएको छ ।