images
images

स्ववियु निर्वाचनः सिन्धुलीका ४ मध्ये ३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

सिन्धुली । सिन्धुलीमा स्ववियु निर्वाचन भएका चार मध्य तीन वटा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) विजयी भएको छ ।

स्ववियु निर्वाचन भएका जिल्लाका चार क्याम्पसमध्य ३ वटामा अखिल क्रान्तिकारी र एक क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो । मरिण बहुमुखी क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस डकाहा र सुनकोशी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी निर्वाचित भएको छ । जिल्लाको कमला बहुमुखी क्याम्पस दुधौलीमा भने एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।

सो क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त प्यानल बनाएर नेविसंघ सँग प्रतिस्पर्धा गरेका थिए ।