images
images

काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

  • ७ बैशाख २०७९, बुधबार ०६:३८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ७ स्थित केराबारीमा चट्याङ लागेर १६ वर्षिय कान्छीमाया मोक्तानको मृत्यु भएको हो । पानी परेको समयमा हिजो साझँ घरमै बसेका बेला चट्याङ पर्दा मोक्तानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी रामले जानकारी दिनुभयो ।

चट्याङले लागेर मोक्तानकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लघु जल विद्युतको लाइनबाट गोठ हुँदै घरमा पुगेको प्रहरीको अनुमान छ ।