images
images

यो पटक चुनाव जित्छुः मानन्धर

  • ७ बैशाख २०७९, बुधबार ०९:४०

दोलखा। नेपाली कांग्रेसको तर्फबाट भीमेश्वर नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका ईश्वर नारायण मानन्धरले स्थानीय तहको निर्वाचनमा आफु विजयी हुने दावी गर्नुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा कुराकानी गर्दै भीमेश्वर नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका मानन्धरले कांग्रेसको माहौल बढेको र संगठन पनि बालियो बन्दै गएकाले यो पटक आफुले निर्वाचन जित्ने दावी गर्नुभएको हो । उहाँले आफ्नो संगठन बलियो बन्दै गएको अवस्थामा गठबन्धनले पनि आफुलाई उठाउने सहमति हुनेमा ढुक्क रहेको भन्दै यो पटक आफ्नो जित निश्चित रहेको दावी गर्नुभयो । यसअघि २०७४ सालको निर्वाचनमा पराजित भएपनि निर्वाचन हारेदेखि विजय हात पार्नेगरी जनताको भावनाअनुरुप काम गरिरहेको भन्दै उहाँले आफ्नोतर्फ जनमतको आकर्र्षण बढेको दावी गर्नुभयो ।

हिजो को बलियो को कमजोर थियो त्यसले खासै महत्व नराख्ने भन्दै उहाँले मुख्य विषय जनता कस्को पक्षमा छन् भन्ने हेर्नुपर्ने बताउँदै कांग्रेसको पक्षमा माहौल उल्र्लिएको दावी गर्नुभयो । नगरप्रमुखमा प्रस्तावित उम्मेदवार मान्धरले भीमेश्वर नगरपालिकामा यसअघिको जनप्रतिनिधिले जनताको चाहाना अनुसारको काम गर्न नगरेकाले जनताले नेतृत्व बदल्न चाहेको बताउनुभयो । उहाँले पहिले नगरवासिसँग घुलमिल भइनसकेका कारण हार व्यवहोरेपनि राम्रो मत पाएको र अहिले जनतासँगको सामिप्यता बढ्दै गएका कारण पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसको तर्फबाट दोलखाको भीमेश्वर नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका ईश्वर नारायण मान्धरले स्थानीय तहको निर्वाचनमा आफु विजयी हुने दावी गर्नुभएको छ । उहाँले आफु नगरप्रमुख भएमा विगतको नेतृत्व भन्दा फरक ढंगले पर्यटकीय नगरी भीमेश्वर नगरपालिकालाई व्यवस्थित रुपमा लैजानुका साथै खानेपानीको व्यवस्थापन, सिँचाई, पर्यटनको क्षेत्रमा विकास गर्ने, कृषिजन्य उत्पादनको व्यवस्थापन तथा कृषिलाई प्राथमिकता दिँदै नगरवासिको हितअनुरुप काम गर्ने बताउनुभयो ।

यसअघिको नेतृत्व रहँदा स्थानीय तहमा मौलाएको भ्रष्टाचार र कुशासन विरुद्ध आफुले उम्मेदवारी दिएको मानन्धरको भनाई छ । उहाँले आफु नगरप्रमुख भएमा विगतको नेतृत्व भन्दा फरक ढंगले भीमेश्वर नगरपालिकालाई व्यवस्थित रुपमा लैजानुका साथै खानेपानीको व्यवस्थापन, सिँचाई, पर्यटनको क्षेत्रमा विकास गर्ने, कृषिजन्य उत्पादनको व्यवस्थापन तथा कृषिलाई प्राथमिकता दिँदै नगरवासिको हितअनुरुप काम गर्ने बताउनुभयो । उहाँले नगरमा भएको सडक, ढलको समस्या, सिँचाई, सुकुम्वासी निराकरणका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले एक पटक नेतृत्वमा रहने अवसर पाएमा संघीयताको मर्म अनुसार जनताको हक हितमा काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

यसअघिको नेतृत्व रहँदा जनताको गुनासो सम्बोधन नभएको, सडक व्यवस्थित नभएको, अरिनिको लोकमार्ग, चारिकोटदेखि सिंगटीबाहेक सडक पिच नभएको, खानेपानीका लागि महंगो शुल्क तिनुपर्ने बाध्यता रहेको भन्दै उहाँले त्यसको अन्त्य गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।