images
images

चुनाबी तालमेलमा दाऊपेच: धमाधम उम्मेदवार घोषणा गर्दै दोलखा कांग्रेस

  • ७ बैशाख २०७९, बुधबार १८:२९

जिरी (दोलखा) । दोलखामा गठबन्धनबीच छलफल चलिरहेकै बेला नेपाली कांग्रेसले धमाधम उम्मेदवार घोषणा गरी दबाब सिर्जना गर्न थालेको छ ।

जिल्लामा आगामी स्थानीय तहका लागि उम्मेदवार तय गर्न गठबन्धनबीच छलफल चलिरहेकै बेला उम्मेदवार मनोनयनका लागि ४ दिन मात्रै बाँकी रहँदा नेपाली काँग्रैसले आफ्नो तर्फबाट धमाधम उम्मेदवार टुङग्याएर दबाव दिन थालेको हो । कांग्रेसले केही दिन यता ४ वटा पालिकाको उम्मेदवार टुङग्याएको नेपाली कांग्रेस दोलखाका नेता रुद्र बहादुर खड्काले जानकारी दिनुभयो । कांग्रेस दोलखाले एक नगर प्रमुखका लागि र ३ जना गाउँपालिकाहरुको अध्यक्षका उम्मेदवार टुङग्याएको छ । सत्तारुढ दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जाने केन्द्रको निर्णयसँगै जिल्ल्लामा पनि चार दलबीच मिलेर जाने निर्णय भई हाल छलफलको क्रम जारी छ । गठबन्धनको निष्कर्ष र निर्णय आउन बाँकी रहँदा नेपाली कांग्रेसले दवाव स्वरुप पार्टी जिल्ला सभापतिदेखि जिल्ला सचिव सम्मलाई उम्मेदवार बनाइसकेको छ ।

हिजो मात्रै कांग्रेस दोलखाले जिल्ला सभापति बर्मा लामालाई मेलुङ गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । नेपाली कांग्रेस मेलुङ गाउँकमिटीले २०७४ सालको निर्वाचनमा पनि मेलुङ गाउँपालिकामा उम्मेदवार बनेका लामालाई पुनः मेलुङ अध्यक्षका उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

सत्तारुढ दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जाने केन्द्रको निर्णयसँगै जिल्ल्लामा पनि चार दलबीच मिलेर जाने निर्णय भई हाल छलफलको क्रम जारी छ । गठबनधनको निष्कर्ष र निर्णय आउन बाँकी रहँदा नेपाली कांग्रेसले दवाव स्वरुप पार्टी जिल्ला सभापतिदेखि जिल्ला सचिव सम्मलाई उम्मेदवार बनाइसकेको छ । हिजो मात्रै कांग्रेस दोलखाले जिल्ला सभापति बर्मा लामालाई मेलुङ गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।

यसअघि कांग्रेसले सोमबार भीमेश्वर नगरपालिकाको मेयरमा इश्वर मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरिसकिएको छ । यसैगरी, कांग्रेसले गौरीशंकर र विगु गाउँपालिकामा पनि अध्यक्षका उम्मेदवार टुङग्याएको छ । कांग्रेसबाट गौरीशंकर गाउँपालिकामा श्याम सुन्दर तामाङ र विगुमा पार्टीका जिल्ला सचिव रहेका दावासाङ्गे शेर्पालाई अध्यक्षका उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । यी ४ वटा पालिकामा अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस भएको र अन्यको पनि उम्मेदवार तय गर्नेक्रम जारी रहेको नेपाली कांग्रेस दोलखाले जनाएको छ । पटक–पटक गठबन्धको छलफलमा जुटेको कांग्रेसले यसअघि कुनै पनि स्थानीय तहका लागि आफ्नो उम्मेदवार घोषणा गरेको थिएन । तर, पछिल्लो पटक आफ्नो दवाव सिर्जनाका लागि धमाधम उममेदवार तय गर्न थालेकोे बुझिएको छ ।

नेपाली कांग्रेसले उम्मेदवार घोषणा गर्नुअघि गठबन्धन गर्ने दलमध्यकै एक दल नेकपा माओवादी केन्द्रले पनि दवाव सिर्जनाका लागि ६ स्थानीय तहमा उम्मेदवार घोषणा गरेको थियोे । माओवादीले बैतेश्वर गाउँपालिकामा नेता लक्ष्मण खड्का, तामाकोशीमा शन्तोष केसी, मेलुङमा शंकर लामा, कालिञ्चोकमा कुल बहादुर बुढाथोकी, गौरीशंकरमा विश्वास कार्की र विगुमा संञ्जिव ओलीलाई पालिका अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । यी दुई पार्टीले आ–आफ्नो तर्फबाट उम्मेदवार घोषणा गरेपनि एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले कुनै पनि स्थानमा आफ्नो उम्मेदवार घोषणा गरेका छैनन् । यद्धपी गठबन्धनको निष्कर्ष भने अझै बाँकी रहेको छ ।

यही बैशाख ११ गते उम्मेदवार मनोनयन गर्नुपर्ने भएपनि गठबन्धनले अझै छलफललाई तीव्रता दिइरहेको छ । गठबन्धनमा आवद्ध दुई ठूला दलले केही दिन यता धमाधम आ–आफ्नो उम्मेदवार तय गरिरहेका छन् । नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी भने अझै मौन छन् ।