
जिरी (दोलखा) । नेकपा एमालेले दोलखाको ९ वटै स्थानीय तहका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
एमाले जिल्ला कमिटीको आज बसेको बैठकले दुई नगर सहित ९ वटै पालिकामा उम्मेदवार तय गरेको हो । बैठकले ९ वटै स्थानीय तहको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको उम्मेदवार टुङग्याएर प्रदेशमा सिफारिस गर्ने निर्णय भएको नेकपा एमाले दोलखाका सचिव हिरा थोकरले जानकारी दिनुभयो । जसमा एमालेले केही हालका जनप्रतिनिधिलाई पनि पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएको छ ।
एमालेले भीमेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा भरत केसी र कमला बस्नेतलाई उम्मेदवार बनाएको छ भने जिरी नगरपालिकाको प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी खड्कालाई उम्मेदवार बनाएको छ । यसैगरी, मेलुङ गाउँपालिकामा पार्टीको जिल्ला सचिव एवम् यसअघि मेलुङ गाउँपालिका ३ का वडाध्यक्ष रहेका हिरा थोकरलाई सर्वसम्मतिले पालिका अध्यक्षको उम्मेदवार बनाइएको छ भने उपाध्यक्षमा गायीत्री आचार्यलाई अघि सारिएको छ ।
एमाले जिल्ला कमिटीको आज बसेको बैठकले दुई नगर सहित ९ वटै पालिकामा उम्मेदवार तय गरेको हो । बैठकले ९ वटै स्थानीय तहको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको उम्मेदवार टुङग्याएर प्रदेशमा सिफारिस गर्ने निर्णय भएको नेकपा एमाले दोलखाका सचिव हिरा थोकरले जानकारी दिनुभयो । जसमा एमालेले केही हालका जनप्रतिनिधिलाई पनि पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएको छ ।
शैलुङमा पार्टीले धनबहादुर तामाङलाई अध्यक्षको उम्मेदवारको रुपमा सिफारिस गर्दा पार्वती कार्की थापालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । कालिञ्चोक गाउँपालिकामा गणेश शिवाकोटी अध्यक्ष र कविता थामी उपाध्यक्ष, विगुमा अछुतम केसी अध्यक्ष र देविका थामी उपाध्यक्ष, गौरीशंकरमा जंग गुरुङ अध्यक्ष र मुना शिवाकोटी उपाध्यक्ष तथा बैतेश्वर गाउँपालिकामा माधव प्रसाद घिमिरे अध्यक्ष र उपाध्यक्षमा नविना लामालाई सिफारिस गरिएको छ । यसैगरी एमालेले तामाकोशी गाउँपालिकामा अभिषेक सुवेदीलाई अध्यक्षको उम्मेदवार बनाउँदा अम्बिका पोखरेललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
एमालेले नगर प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्षको उम्मेदवार टुङगाएर प्रदेशमा सिफारिस गर्ने निर्णय गरेपनि पार्टीभित्र केही नेताहरुको असन्तुष्टि भने अझै कायमनै रहेको छ ।
शैलुङ गाउँपालिका
अध्यक्ष : धन बहादुर तामाङ
उपाध्यक्ष : पार्वती कार्की थापा
मेलुङ गाउँपालिका
अध्यक्ष : हिरा कुमार थोकर
उपाध्यक्ष : गायत्री आचार्य
भीमेश्वर नगरपालिका
प्रमुख : भरत केसी
उपप्रमुख : कमला बस्नेत
कालीञ्चोक गाउँपालिका
अध्यक्ष : गणेश शिवाकोटी
उपाध्यक्ष : कविता थामी
बिगु गाउँपालिका
अध्यक्ष : अच्युतम केसी
उपाध्यक्ष : देविका थामी
गौरीशंकर गाउँपालिका
अध्यक्ष : जंग गुरुङ
उपाध्यक्ष : मुना शिवाकोटी
बैतेश्वर गाउँपालिका
अध्यक्ष : माधव प्रसाद घिमिरे
उपाध्यक्ष : नविना लामा
जिरी नगरपालिका
प्रमुख : मित्र जिरेल
उपप्रमुख : कृष्णमाया बुढाथोकी
तामाकोसी गाउँपालिका
अध्यक्ष : अभिषेक सुवेदी
उपाध्यक्ष : अम्बिका पोखरेल