भक्तपुर । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन हुने भएको छ।
संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४-५ बजेसम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ। दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् ।
यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ जना सांसद छन् । निर्वाचन समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका तय गरिएको जानकारी गराएको छ ।










