images
images

भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित

  • ६ जेष्ठ २०७९, शुक्रबार ०६:२२

जिरी(दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकामा गठबन्धनका उम्मेदवार ईश्वर नारायण मानन्धर मेयर र एमालेकी कमला बस्नेत उपमेरमा निर्वाचित भएका छन् ।

कांग्रेसका मानन्धर मेयरमा निर्वाचित हुँदा उपमेरमा एमालेकी बस्नेतले जित हाँसिल गरेकी हुन् । मेयरमा निर्वाचित मानन्धरले एमालेका उम्मेदवार हरिवंश चौलागाईलाई  १४२२ को फराकिलो मतान्तरले पराजित गरेका छन् । उनले ८ हजार ७ सय २३ मत प्राप्त गर्दा चौलागाईले ७ हजार ३ सय १ मत मात्रै ल्याएका छन् ।

यसैगरी, उपाध्यक्षमा निर्वाचित बस्नेतले नेकपा एकीकृत समाजवादीकी संगीता तामाङलाई पराजित गरेकी छन् । बस्नेतले ७ हजार २ सय ६४ मत पाउँदा तामाङले ६ हजार ९ सय २१ मत ल्याएर हार व्यहोरेकी हुन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुँदै आएकोमा अन्तिममा बस्नेतले तामाङलाई तीन सय ४३ मतले जितेकी हुन् ।

भीमेश्वरको अन्तिम नतिजा आएसँगै अब दोलखा जिल्लामा विगु गाउँपालिकाको मात्रै अन्तिम मत परिणाम आउन बाँकी छ ।