हेटौंडा । वागमती प्रदेश सरकारले दीर्घरोगीलाई उपचार खर्च स्वरुप ५० हजार रुपैंँया दिनेगरी कार्यविधि पास गरेको छ ।
प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सर लगायत विभिन्न नसर्ने रोग लागेका विरामीलाई उपचारका लागि ५० हजार दिने निर्णय गरेको थियो । तर कार्यविधि नबन्दा सर्वसाधारण जनताले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद बैठकले वर्षे अधिवेशनको आह्वानका लागि प्रदेश प्रमुख कार्यालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । बैठकले जेठ १३ गते वर्षे अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो ।