जिरी (दोलखा) । दोलखाको विगु गाउँपालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार संजिव ओली विजयी भएका छन् ।
एमालेबाट पालिका अध्यक्षका उम्मेदवार बनेका अचुतम केसीलाई पराजित गर्दै ओली पालिका अध्यक्ष बनेका हुन् । ओली ४ हजार १ सय मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी केसीले ३ हजार ९ सय ७३ मत प्राप्त गरेका छन् ।
यो सँगै दोलखामा तीन वटा पालिका अध्यक्षमा माओवादी केन्द्रले जित निकालेको छ । यस्तै, विगु गाउँपालिकाका उपाध्यक्षमा भने एमालेकी देवीका थामी विजयी भएकी छिन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका अंगिमा शेर्पालाई पराजित गर्दै विगुको उपाध्यक्षमा विजयी भएकी हुन् ।थामीले ४ हजार १३ मत प्राप्त गर्दा शेर्पा ३ हजार ८ सय २६ मत पाएका छन् ।