images
images

प्रगति साकोसको रजतवर्षः ३१५ जनाको आँखा परिक्षण, ३७ जनालाई निःशुल्क चस्मा

  • ६ जेष्ठ २०८०, शनिबार ०६:५१

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका २ राम्पास्थित प्रगति साकोसले ३ सय १५ जनाको निःशुल्क आँखा परिक्षण गरेको छ ।

संस्थाको रजतवर्षको अवसरमा आयोजित शिविरमा ३ सय १५ जनाको आँखा परीक्षण गरी ३७ जनालाई निःशुल्क चस्मा प्रदान गरिएको हो । दोलखा लाइन्स आँखा केन्द्र दोलखा, स्वास्थ्य चौकी दोलखा र स्वास्थ्य चौकी क्षमावतीको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको प्रगति साकोशका अध्यक्ष जगतप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शाकोशको रजतवर्षको अवसरमा भिमेश्वर नगरपालिका वडा नम्बर १ र २ मा एकएकदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।
शिविरको पहिलो दिन ३ गते भिनपा २ राम्पास्थित त्रीपुरासुन्दरी आधारभूत विद्यालयको परिसरमा १ सय ५१ जनाको आँखा परीक्षण गरिएकोमा १७ जनालाई निःशुल्क चस्मा प्रदान गरिएको छ । साथै दोस्रो दिन हिजो भिनपा १ को पानीघाटमा सञ्चालित शिविरमा १ सय ६४ जनाको आखाँको परीक्षण गरी २० जनालाई चस्मा प्रदान गरिएको साकोशले जनाएको छ ।