images
images

८ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा सिन्धुलीका कांग्रेस नेता पक्राउ

  • ६ जेष्ठ २०८०, शनिबार ०७:४३

सिन्धुली । ८ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा सिन्धुलीका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भई हाल काठमाडौँ बस्दै आएका कांग्रेसका नेता कृष्णमुरारी गुरुङ ८ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । उनले विभिन्न व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई हिजो प्रहरीले काठमाडौंबाट नै पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।