images
images

गहुँको बाला अड्किँदा सुरीमा नौँ महिने बालिकाको मृत्यु

  • ६ जेष्ठ २०८०, शनिबार १३:५३

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीमा एक बालिकाको गहुँको बाला घाँटीमा अड्किएर मृत्यु भएको छ ।

स्थानीय अमृत खड्काकी ९ महिनाकी छोरीको घाँटीमा गहुँको बाला अड्किएर मृत्यु भएको हो । बाबुआमा आँगनमा काम गरिरहेका बेला खेलिरहेकी बालिकाले घरमा कुट्नका लागि राखिएको गहुँको बाला भेटेर खाएकी थिईन् । उनले गहुँको बाला खाएको केही समयमै प्राथमिक स्वास्थ्य केन्द्र सुरीमा लगिएपनि उनलाई बचाउन नसकिएको वडा नम्बर ५ का वडाअध्यक्ष सुन्दर खड्काले जानकारी दिनुभयो ।