images
images

पूर्बप्रधानमन्त्री झलनाथ खनाल दोलखामा

  • ६ जेष्ठ २०८०, शनिबार १५:२६

दोलखा । पूर्ब प्रधानमन्त्री एबम् नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल दोलखा आउनुभएको छ ।

खनाल आज बिहान नेकपा एसको भीमेश्वर नगर कमिटीको अधिबेशन तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन दोलखा आउनुभएको हो । नेता खनाल आज दोलखामा नै रहने र भोली राजधानी फर्कने कार्यक्रम रहेको नेकपा एस दोलखाका अध्यक्ष भीम प्रसाद दहालले जानकारी दिनुभयो ।

नेकपा एसको भीमेश्वर नगर कमिटीको अधिबेशनको पूर्बप्रधानमन्त्री खनालले उद्धघाटन गर्नुभएको छ । नेकपा एसले २५ सदस्यीय भीमेश्वर नगर कमिटि गठन गरेको छ । गोविन्द सापकोटाको अध्यक्षतामा भीमेश्वर नगरपालिकामा २५ सदस्यीय नगर कमिटी गठन गरिएको अध्यक्ष दहालले बताउनुभयो ।