images
images

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशीमन्त्रीको निधन

  • ७ जेष्ठ २०८१, सोमबार ११:१७

हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।
हिजो पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसैन अमिर अब्दुल्लाहियन सहित ९ जना सवारको मृत्यु भएको हो । मौसम प्रतिकुल बनेपछि उनीहरुको सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन । फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार मध्यामहरुले जनाएका छन् ।

इरानका सर्वोच्च नेता अयातोल्लाहअली खामेनीको उत्तराधिकारी बन्नका लागि अग्रपंक्तिमा रहेका ६३ वर्षीय राष्ट्रपति रायसी अजरबैजानको सीमानाको भ्रमणपछि यात्रा गरिरहेका बेला हेलिकप्टर दुर्घटनामा परेको हो ।