जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न नसक्दा यो पटकको बर्खायाममा पनि स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् ।
लगातार १६ वर्ष देखि वर्षेनी बजेट परेपनि जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न नसक्दा यो पटकको बर्खायाममा पनि स्थानीयबासी जोखिम मोलेर कठिनाई यात्रा गर्न बाध्य भएका हुन् । सो सडक निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले करोडौँ बजेट विनियोजन गर्ने गरेका छन् । तर, अझै जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न सकेको छैन । तत्कालिन जिल्ला विकास समितिले पनि जिरी–माली–श्यामा सडकमा लाखौं बजेट खर्च गरेको थियो । जिविसकै बजेटमा ट्रयाक खोलिएको सडकमा अहिलेसम्म करोडौं खर्च भईसके पनि गुणस्तरीय काम हुन नसक्दा माली, येलुङ, श्यामा र पुम्पाका नागरिकहरुलाई समस्या भएको छ । आफ्नै गाउँघरसम्म पुग्ने सडक बाटो बनेपनि गुणस्तरीय बन्न नसक्दा त्यँहाका स्थानीयहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
कच्चि सडक निर्माण भएपनि नाला, सोलिङ लगायतका आवस्यक अन्य पूर्वाधार बन्न नसक्दा वर्षा याममा सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ । वर्षेनी विनियोजन हुने बजेट सिमित काममा सकिने, कामको गुणस्तर पनि नहुने गरेका कारण सडकको स्तरमा सुधार आउन सकेको छैन । हिउँद मौसममा सडक धुलाम्मे हुने र बर्षा याममा हिलाम्मे हुने गरेको छ । गत कात्तिकदेखि काठमाडौं जिरी– माली श्यामा रुटमा अरनिको बस सञ्चालनमा आएको छ । तर, सडकको दुरावस्थाका कारण सो यात्रुवाहक बसलाई पुम्पासम्म पुग्न र फर्कन कठिन हुने गरेको छ भने अन्य साना तथा ठूला सवारीका साधनपनि हिलोमा फस्ने तथा चिप्लिने समस्या छ । धेरै वर्ष पहिले निर्माण सुरु गरिएको सो सडक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर ५ वर्षे एक कार्यकाल सकिएपनि अझै दिगो सडक निर्माण हुन नसकेको स्थानीयको गुणासो छ ।
दोलखाको जिरी नगरपालिकास्थित जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न नसक्दा यो पटकको बर्खायाममा पनि स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् । सो सडक निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले करोडौँ बजेट विनियोजन गर्ने गरेका छन् । तर, अझै जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न सकेको छैन । कच्चि सडक निर्माण भएपनि नाला, सोलिङ लगायतका आवस्यक अन्य पूर्वाधार बन्न नसक्दा वर्षा याममा सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ । वर्षेनी विनियोजन हुने बजेट सिमित काममा सकिने, कामको गुणस्तर पनि नहुने गरेका कारण सडकको स्तरमा सुधार आउन सकेको छैन ।
माओवादी केन्द्रकी नेतृ देवी खड्का भौतिक योजना राज्यमन्त्री हुँदा जिरी–माली–स्यामा सडकलाई तीन जिल्ला जोड्ने सडकको रुपमा जिरी–माली–स्यामा–ढिंग्री नामाकरण गरी रातो कितावमा समावेश गरेर बजेट विनियोजन गरिएको थियो । जिरीवाट माली, स्यामा, रामेछापको गर्जाङ–गुम्देल हुँदै सोलुखुम्वुको ढिंग्रीसम्म जोड्ने सडक मार्गका रुपमा यो सडकलाई विकास गर्ने लक्ष्य राखिएको थियो । तर, सरकार परिवर्तनसँगै यो सडक निरन्तर ओझेलमा परिरहेको छ भने जिरी नगरपालिकाले समेत नगरपालिकाका ४ वटा वडाका जनता प्रत्यक्ष लाभान्वित हुने सडकलाई प्राथमिकता दिन सकेको छैन । नगरपालिकाले नयाँ सडकको ट्रयाक खोल्नका लागि बर्षेनी लाखौं बजेट खर्च गर्ने गरेपनि जिरी–माली–स्यामा सडक प्राथमिकतामा पर्न सकेको छैन । रातो कितावमै परेको जिरी–माली–श्यामा सडक निर्माण सुरु गरेको १६ बर्षभन्दा बढी भएपनि अहिलेसम्म कालोपत्रे सुरु हुन सकेको छैन ।
गत पनि वर्ष जिरी–माली–श्यामा सडक स्तारोन्नतीका लागि साढे ४ करोड बजेट विनियोजन भएको थियो । यो वर्ष पनि समपुरक अनुदान अन्र्तगत सो सडकका लागि साढे तिन करोड बजेट विनियोजन भएको थियो । तर, पनि सडकको अवस्था उस्तै रहेको छ । फेरी आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले सो सडक स्तोरोन्नतीका लागि ५० लाख वजेट विनियोजन गरेको छ । भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयले जिरी माली श्यामा–रामेछापको गुम्देल हुदै सोलुखुम्बुको ढिङग्राी हुँदै सगरमाथासम्म जाने सडक ७६ किलोमिटर सडकका लागि ५० लाख र प्रदेश सरकारले ९० लाख बजेट विनियोजन गरेको छ । वर्षेनी विनियोजन हुने गरेको बजेट सोलिङ, ग्रावेल, नाला लगायतका काममा खर्च हुने गरेको जिरी २ का वडाध्यक्ष ङिमापल्दे शेर्पाले बताउनुभयो ।



प्रमिला नेपाली 






