images
images

सुदुरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्री सहित चार जना गम्भीर घाईते

  • ५ असार २०८०, मंगलवार १५:३९

धनगढी । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री जयपृथ्वी बहादुर सिंह सहित चार जना सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका छन् ।

सुपप ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानबाट कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परेका मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह र अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडी चालक धर्मराज जोशीको अवस्था भने मध्यम छ । दुर्घटनामा परेका पाँचै जनालाई उपचारका लागि हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गर्ने तयारि गरिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।